सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

महालक्ष्मीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल

शुक्रबार, १५ चैत २०८१, ०६ : १४
शुक्रबार, १५ चैत २०८१

आज विक्रम संवत २०८१ साल चैत्र १५ गते,  शुक्रबार । ईश्वी सन् २०२५ मार्च २८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–चतुर्दशी, ३२ घडी ५९ पला, बेलुकी ७ बजेर १३ मिनेट उप्रान्त औशी । नक्षत्र–पूर्वाभाद्रपदा, ३९ घडी २५ पला, बेलुकी ९ बजेर ४७ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–शुक्ल, ५० घडी १७ पला, रातको २ बजेर ८ मिनेट उप्रान्त ब्रम्ह । करण–भद्रा, बिहान ८ बजेर १३ मिनेट उप्रान्त शकुनि, बेलुकी ७ बजेर १३ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कुम्भ, बेलुकी ४ बजेर मिनेट उप्रान्त ७ मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३० घडी ४३ पला ।

आजको बार बेला 
बिहान ०६ बजेर १ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर २ मिनेटदेखि बिहान ७ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ३४ मिनेटदेखि बिहान ९ बजेर ६ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ७ मिनेटदेखि बिहान १० बजेर ३८ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ३९ मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर ४३  मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म उद्धेग  बेला ।
दिउँसो ४  बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४६ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ४७ मिनेटदेखि बेलुकी ७ बजेर ४६ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर ३७ मिनेटदेखि दिउँसो १२ बजेर ९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर २६ मिनेटदेखि बिहान ५ बजेर १४ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्  भने श्रमको उचित मूल्यांकन हुनेछ ।  शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । दाजुभाई तथा आफन्तहरुले सहयोग गर्नेछन् । सवारी साधन प्राप्तिका लागि गतिलो योग रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । साझपख लामो दुरीको यात्राको योग रहेकोछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वों) आफन्त तथा परिवारकासाथ उपलब्धिमूलक रमाइलो यात्राको योग रहेकोछ । । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना छ । यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवल सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईंको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइ तपाईंदेखि टाडिन सक्छन् । साझपख लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रवल योग रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,वि,पु,ष,ण,ठ,पे,पो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । वंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) भौतिक सम्पत्ति तथा विलाशी वस्तुको व्यापार कमै हुनेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरुले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलिक बढी नै समय खर्चनु पर्नेछ । र, पनि सवारी साधनको खरिद विक्रीबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भें) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लाग्ने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । प्रविधिको प्रयोग गरी आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) व्यापार व्यवसाय फस्टाएरु जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनाले आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । कामको  सवालमा लामो दुरीको यात्राको योग रहेकोछ  ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधूप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केहि समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल, गर्नुहोला । साझपख राजनीति तथा सामाजिक काम गरि नाम कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप