सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

ला लिगामा बार्सिलोनाको शानदार जित, रियाल मड्रिडसँग बढायो अंकदुरी

शुक्रबार, १५ चैत २०८१, ०५ : ३७
शुक्रबार, १५ चैत २०८१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । शुक्रबार विहान भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० ले हराएको हो । 

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान टोरेस, डेनी ओल्मो र रोवर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । यो जितसँगै बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिसँग ३ अंकको दुरी कायम गरेको छ ।

समान खेलबाट रियाल मड्रिडको ६० अंक छ । तेस्रो स्थानमा एटलेटिको मड्रिडको भने ५६ अंक छ ।  जम्मा एक खेलपछि लिगमा २८ औं चरणका खेल समाप्त हुने छन् । २७ औं चरण अन्तर्गत भियारियाल र इस्पानियोलबीचको एक खेल बाँकी छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप