भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ

लुम्बिनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।
बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिईन् ।
कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका खड्का हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको खरिदविक्रीदर : कसको मूल्य कति ?
-
मकै छोडेर कफीखेतीतर्फ आकर्षित महाभारतका किसान
-
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी, महासचिवमा मनोज घर्तीमगर
-
सत्यनिरुपण र बेपत्ता छानविन आयोगका पदाधिकारी सिफारिस समितिले थाल्यो काम
-
ला लिगामा बार्सिलोनाको शानदार जित, रियालसँग फेरि बढायो अंक दुरी
-
आईपीएल क्रिकेट: राजस्थानले खोल्यो जितको खाता, ६ रनले हार्यो चेन्नई