आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटको सातौं खेलमा लखनउ सुपर जायन्टस् विजयी भएको छ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लखनउले सनराइजर्स हैदरावादविरुद्ध ५ विकेटको जित निकाल्यो ।
लखनउले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओमरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको चुनौति पछ्याएको लखनउले जवाफी व्याटिङ्मा २३ बल बाँकी छँदै अर्थात् १६ दशमलव १ ओभरमा जम्मा ५ विकेट गुमाएर चुनौति पार गर्यो ।
लखनउका लागि निकोलस पूरनले ७० रनको योगदान दिए भने ओपनर मिचेल मार्शले ५२ रन बनाए । यस्तै, अब्दुल समदले अविजित २२ रन जोड्दा डेभिड मिलरले अविजित १३ रन बनाए । बलिङतर्फ सनराइजर्सका पट कुमिन्सले २ विकेट लिंदा मोहम्मद सामी, एडम जम्पा र हर्शल पटेलले एक–एक विकेट हात पारे ।
सुरु व्याटिङ गरेको सनराइजर्सका लागि ओपनर ट्राभिस हेडले ४७ रन बनाउँदा अंकित बर्माले ३६, नितिश कुमार रेड्डीले ३२ र हेनरिक क्लासेनले २६ रनको योगदान दिए । यस्तै, अलराउण्ड प्रदर्शन गर्ने क्रममा हर्शल पटेल १२ रनमा अविजित रहे । बलिङतर्फ लखनउका शार्दुल ठाकुर एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३४ रन खर्चिएर चार विकेट लिएका हुन् ।
आईपीएलको १८औं संस्करणमा यो सातौं खेल हो भने जारी प्रतियोगितामा दुबै टोलीका लागि भने दोस्रो खेल हो । सनराइजर्सले आफ्नो पहिलो खेल जितेको थियो । जहाँ राजस्थान रोयल्सलाई उसले ४४ रनले हराएको थियो । लखनउ भने आफ्नो पहिलो खृेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले हारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै