जात्रा प्रभावित हुनेगरी सभा र कार्यक्रम नगर्न काठमाडौँ महानगरको अनुरोध
बिहीबार, १४ चैत २०८१, २० : ४२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत्र १५ गते शुक्रवार काठमाडौँमा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुनेगरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । बिहीबार महानगर प्रहरी बलले एक विज्ञप्ति जारी गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो ।
विज्ञप्तिमा काठमाडौँको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाई टोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सभा र कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन चोकमा तीन अजिमाको खट जुधाइयो (तस्बिरहरु)
-
तीनकुने घटना र पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह
-
तीनकुने घटना : ४१ जनाविरुद्ध पाँच दिन म्याद थप
-
भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी
-
गाउँ पसेको पाटेबाघ नियन्त्रणमा
-
डडेल्धुरामा जिपबाट खसेर एक जनाको मृत्यु