आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

माइतीघरबाट पक्राउ परेका अमेरिकन काठमाडौँ परिसरको हिरासतमा

बिहीबार, १४ चैत २०८१, २० : २२
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । काठमाडौँको माइतीघरबाट कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शन गर्ने एक जना अमेरिकन  नागरिक बिहीबार पक्राउ परे । घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोपमा उनी पक्राउ परेका हुन् । विदेशी नागरिक १५० दिनभन्दा बढी बसेको भेटिए अध्यागमन विभागले निष्कासन गर्न सक्ने कानुनी व्यवस्था छ ।

जुलियन १५० दिनभन्दा थोरै समय बसेको भेटिएको हुनाले उनलाई के गर्ने भन्नेबारे निर्णय नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘जुलियन मानसिक रूपमा विक्षिप्त देखिन्छन्, कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय भएको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप