आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

रुपन्देहीको दुर्गौलिया नाकामा कार्यरत सई ३० हजार घुससहित पक्राउ

बिहीबार, १४ चैत २०८१, २० : ०५
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । रुपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्का पक्राउ परेका छन् । उनलाई ३० हजार घुस रकम सहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

घरायसी प्रयोजनको लागि भन्सार छलेर सामान ल्याउन सहजिकरण गरिदिन्छु भनेर उनले घुस लिएको आरोप छ । अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले खड्कालाई घुस लिइसकेको अवस्थामा मायादेवी गाउँपालिका–६ बाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप