आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

कुलमानको पक्षमा इटहरीमा प्रदर्शन

बिहीबार, १४ चैत २०८१, १९ : ०४
बिहीबार, १४ चैत २०८१

इटहरी । सुनसरीको इटहरीमा कुलमान घिसिङको पक्षमा प्रदर्शन भएको छ । कुलमान उज्यालो नेपालका नायक हुन् उनलाई पुनः बहाली गर भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । 

प्रदर्शन धरान रोड नेवा पुचः भवन छेउबाट सुरु भएर इटहरी बजार परिक्रमा गरी गोल चोकमा आएर कोणसभा परिणत भएको थियो । कुलमा घिसिङ पुनः बहाली संयुक्त सङ्घर्ष समितिको नाममा भएको प्रदर्शनको संयोजन मानवध्वज मोक्तानले गरेका थिए । 

प्रदर्शनमा रास्वपा, माओवादी, एकीकृत समाजवादी र आदिवासी जनजाति महासङ्घ, नेसपा र तामाङ घेदुङ सङ्घले पनि सहभागिता जनाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘गणतन्त्र नेपाल जिन्दावाद,’ ‘उज्यालो नेपाल जिन्दाबाद,’ ‘भ्रष्ट सरकार राजीनामा दे’ लगायतको नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप