आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

बिहीबार, १४ चैत २०८१, १७ : ४८
बिहीबार, १४ चैत २०८१

काठमाडौँ ।  बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । 

पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ । 
जुन यसप्रकार छन्-

१. बीवाईडी डल्फिन – सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ । 

२. बीवाईडी एट्टो ३ – नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ । 

३. बीवाईडी एम६ – नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो । 

आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको छ । सो अफर अन्तर्गत निम्न सुविधा पाउन सकिने छ :
•    २० प्रतिशत डाउन पेमेन्ट 
•    १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी 
•    १ वर्ष फ्रि इन्स्योरेन्स  
•    १ वर्ष रोड ट्याक्स कभरेज  
•    आकर्षक नगद छुट  
•    फ्रि एसेसरिज  
•    फ्रि होम चार्जर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप