संविधानसभाबाट बनेको संविधानको विकल्प छैन : उपप्रधानमन्त्री सिंह

काभ्रे । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् ।
बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवसको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताए ।
‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमिकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने । उनले जस्तो चुनौती आएपनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताए । अहिलेको परिवर्तन उसै प्राप्त नभएको भन्दै उनले जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशिल हुनुनै सबैको हितमा हुने बताए ।
उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताए ।
उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूको सूची सार्वजनिक (सूचीसहित)
-
गाजामा इजरायली आक्रमण, १४ जना उद्दारकर्मीको शव भेटियो
-
चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा गरिने
-
बागमती प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय बैठक आह्वान
-
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
-
संसदमा मुख्यमन्त्रीलाई प्रश्नः फेवाताल मापदण्ड कहिले कार्यान्वयन हुन्छ ?