घुस लिएर दोहोरो जन्मदर्ता बनाएको आरोप लागेका वडासचिवविरुद्ध मुद्दा दायर
बिहीबार, १४ चैत २०८१, १७ : ०४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो जन्मदर्ता बनाई २ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेका पोखरा महानगरपालिका २७ का तत्कालीन वडासचिव प्रभाव लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार लामिछानेविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।
उनले सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस लिई सो रकम उनको बैंक खातामा जम्मा गरेको भेटिएको अख्तियारको भनाइ छ ।
उनीविरुद्ध अख्तियारले २ लाख ५० हजार बिगो मागदाबी तीन महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरेको छ । यस्तै दोहोरो जन्मदर्ता बनाउने दिनेश लामिछानेलाई पनि सोही सजायको मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
-
सहसचिव सरुवा : तीन उपमहानगरका प्रमुख कार्यकारी अधिकृत तानियो, नयाँ पठाइएन