सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने, अस्ट्रेलियन दूतावासको ट्राभल एडभाइजरी

बिहीबार, १४ चैत २०८१, १६ : २६
बिहीबार, १४ चैत २०८१

काठमाडौं । काठमाडौंमा शुक्रबार (चैत १५ गते) राजावादी समूह र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारी गरेका छन्। सोही प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन  ट्राभल एडभाइजरी जारी गरेको छ । 

दूतावासद्वारा जारी ट्राभल एडभाइजरी अनुसार, प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायातमा अवरोध आउन सक्छ । अवस्था असहज बनेमा स्थानीय प्रशासनले छोटो समयमा नै कर्फ्यू लगाउने सम्भावना रहेको उल्लेख गर्दै दूतावासले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन, स्थानीय मिडियामार्फत नियमित अपडेट लिन र भीडभाडयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप