आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

छिटपुट पानी पर्न थालेपछि दक्षिण कोरियालाई डढेलोबाट राहत

बिहीबार, १४ चैत २०८१, १६ : १३
बिहीबार, १४ चैत २०८१

सोल । विनाशकारी जंगली आगो फैलिरहेको समयमा दक्षिण कोरियाको उत्तरी ग्येओङसाङ प्रान्तको उइसेओङ काउन्टको केही क्षेत्रमा पानी पर्न थालेको छ ।

जंगली आगोको चपेटामा सबैभन्दा धेरै यही क्षेत्र परेको थियो । यस्तो वर्षाले केही राहत भएको छ । आगोमा परेर उइसेओङ सहरमा रहेको १ हजार ३०० वर्ष पुरानो एउटा बौद्ध मन्दिर जलेर नष्ट भएको थियो । 

तर पानी आगो फैलिन रोक्न सक्ने गरी पर्याप्त नपर्ने प्रक्षेपण आइरहेको छ । झन्डै एक हप्तायता फैलिएको जंगली डढेलोमा परेर दक्षिण कोरियामा २७ जनाको मृत्यु भइसकेको छ । अरु ३२ जना मानिस घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । 

दक्षिण कोरियामा बर्सेनि सालाखाला साढे पाँच सयजति डढेलो लाग्ने गरेको छ । गएको एक दशकलाई आधाजसो डढेलो मार्च र मेमा हुन्थे । यो वर्ष मार्चमै यसको एक चौथाइजति डढेलो लागिसकेको छ ।  

यो पनि 

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो : मृत्यु हुनेको संख्या २६ पुग्यो, तस्बिरहरू
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप