आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाको जंगलमा फैलिएको आगलागी बस्तीमा, २७ जनाको मृत्यु

बिहीबार, १४ चैत २०८१, १६ : ०३
बिहीबार, १४ चैत २०८१

सोल । दक्षिण कोरियाको जंगलमा भीषण आगलागी बस्तीसम्म फैलिँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको गृह मन्त्रालयले बिहीबार यो जानकारी दिएको हो । 

मृतकहरूमध्ये धेरैजसो ६० र ७० को वर्ष उमेरका भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

यस आगलागीमा परेर अरू ३२ जना घाइते भएको बताइएको छ । आगलागीका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने आगलागीको चपेटामा कयौँ प्राचीन स्थलहरू पनि परेको छ ।

आगलागीबाटै बुधबार १३०० वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट भएको थियो । मार्च २१ मा दक्षिण–पूर्वी दक्षिण कोरियाका जंगलहरूमा आगलागी शुरु भएको थियो । 

जंगलमा फैलिएको आगलागीले एक हप्ता भित्र ३५,००० हेक्टरभन्दा बढी क्षेत्रफल नष्ट गरिसकेको छ । हुरी र सुख्खाका कारण आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूले बताइरहेका छन् । हुरीका कारण हेलिकप्टर उडाउनु पनि खतरनाक भएको छ । मंगलबार आगो निभाउने प्रयास गर्दा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप