सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

बिहीबार, १४ चैत २०८१, १६ : ०४
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अवरोध गरेपछि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

त्यसपछि पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा बैठक ४ बजे अर्को सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

विपक्षीहरूले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिन आउन अस्वीकार गरिरहेका छन् । 

विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रधानमन्त्रीले जवाफ दिन्न भन्ने गर्दा सदन अवरुद्ध हुँदै आएको हो । 

482954014_1829658891100367_5502451686764842472_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप