मदनकृष्णले भने – एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्, उनलाई हटाउँदा जनता खुसी छैनन्
_MZojDm2UPg.jpg)
काठमाडौंँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएकोमा जनता खुसी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ, आवाज बन्द भयो । बत्तीहरू सबै निभे । लोडसेडिङ भएको थिएन, टुपिनको तार मात्र छुटेको रहेछ । एकछिन तार छुटेर बत्ती निभ्दा पनि सबैले कुलमान घिसिङको नाम लिएका थिए’, उनले अगाडि लेखेका छन्, ‘हरेक लक्ष्मीपूजाको दिन घर–घरमा झलमल्ल बत्ती बलेको देख्दा सम्झिने विषेश नाम कुलमान घिसिङ । लोडसेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन् कुलमान घिसिङ । नेपालको अँध्यारो रातहरूलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त कुलमान घिसिङ ।’
उनले एकछिन बत्ती निभ्दा कुलमानको नाम सबैले लिने गरेका समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू