आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको अन्तिम कारोबार : सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब

बिहीबार, १४ चैत २०८१, १५ : ४०
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । साताको अन्तिम कारोबारका दिने सेयर बजारमा हरियाली छाएको छ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४१ दशमलव ६७ अंकले बढेर २६६३ दशमलव ५४ अंकमा पुगेको हो । बजार परिसूचक बढेसँगै कारोबार पनि बढेको छ । 

बुधवार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ५ अर्ब २२ करोड ३० रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा ३०९ वटा सेयर स्क्रिपमध्ये २२७ वटाको मूल्य बढेको छ भने १६ वटाको मूल्य घटेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज गुराँस लघुवित्त वित्तीय कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ ।  मूल्य घटेका स्टकहरूको मूल्य गिरावट दर २ प्रतिशतभन्दा कम छ।

कारोबार रकमका आधारमा आज पनि कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५१ करोड १८ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनी २७ करोडभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २५ करोडको सेयर किनबेच भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप