अपाङ्गमैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकता : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताएका छन् ।
बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै महर्जनले महानगरपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताए ।
उनले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताए । महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उनले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताए । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ललितपुर महानगरपालिकामा आइसकेपछि हाम्रो यहाँको विकास पुलमय भएको छ । अहिले तीन वटा पुल त उद्घाटन नै गरिसक्यौँ । अर्को पुलको शिलान्यास चाहिँ उहाँ आउनुभन्दा अगाडि नै भएको हो । तर अब निकट भविष्यमै त्यो पुलेका पनि उद्घाटन हुन गइरहेको छ । कुसुन्तीमा अपाङ्गमैत्री पुल बनाइरहेका छौँ । त्यसमा चक्रपथ क्रस गर्न पुल बनाएको हौँ ।’
मेयर महर्जनले रात्रिकालीन अवस्थामा हवाई जहाजबाट काठमाडौँ उपत्यका छिर्ने बित्तिकै जुन सहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुने गरी बत्ती राख्ने काम सुरु भएको बताए । उनले भने, ‘अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ । ठेकेदार पनि मोबिलाइज भइसक्या छ र आउँदो दसैँसम्म बत्ती राख्छौँ भनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गणतन्त्रवादी हो, यसमा शङ्का नगरियोस् : सन्तोष परियार
-
धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति
-
राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री पौडेल
-
तीनकुने घटनामा ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई
-
राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक