ग्यालेक्सी हमलाबारे पहिलो पटक सलमानले भने- जीवन जति दिन लेखिएको छ त्यति नै हुन्छ

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई कैयौं महिनादेखि ज्यान मार्ने धम्की आइरहेका छन् ।
केही महिनाअघि उनको घरमा गोली पनि चलेको थियो । घरमा भएको गोलीबारीबारे अभिनेताले पहिलो पटक खुलेर बोलेका छन् । लरेन्स बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्की आइरहेकोले सुरक्षा बढाएको र आफ्नो आवतजावत पनि कम गर्नुपरेको उनले बताए ।
सलमान खानको आउजाउ भयो कम
सलमान खान यतिखेर आफ्नो आगामी फिल्म 'सिकंदर'को प्रचारमा व्यस्त छन् । यस सम्बन्धमा उनले बुधबार मिडियासँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा सलमानलाई सुरक्षा बढाएकोबारे प्रश्न सोधिएको थियो । यसबारे सलमानले सुरक्षाका कारण दैनिक काममा समस्या भएको बताए । ‘सुरक्षाको बारेमा म केही गर्न सक्दिनँ । सुटिङको समयमा, म ग्यालेक्सीबाट सुटिङका लागि जान्थेँ र सुटिङबाट ग्यालेक्सीमा फर्कन्थेँ ।’ तर धम्की आउनुभन्दा पहिले सलमान कुनै सुरक्षाविना सडकमा साइकल चलाएका देखिन्थे ।
एक सामूहिक अन्तर्वार्तामा सलमानलाई उनी आफ्नो सुरक्षाबारे चिन्तित छन् कि छैनन् भनेर सोधिएको थियो । जवाफमा अभिनेताले, ‘भगवान्, अल्लाह सबैभन्दा माथि छन् । जति उमेर लेखेर ल्याएको छ, बस उति नै हुन्छ । कहिलेकाहीँ धेरै मानिसलाई साथमा लिएर हिँड्नुपर्छ, बस यही समस्या भइदिन्छ ।’
सलमानको घरमा चलेको थियो गोली
अप्रिल २०२४ मा लरेन्स बिश्नोई गिरोहका दुई जनाले सलमानको घर बाहिर गोली चलाएका थिए । यसपछि सलमानको घरको बाल्कोनीमा बुलेटप्रुफ सिसा हालिएको थियो र घरबाहिर सीसीटीभी क्यामेरा पनि जडान गरिएको थियो । दुई महिनापछि नवी मुम्बई पुलिसले मुम्बई नजिकैको पनवेलमा रहेको उनको फार्महाउसमा गएको वेला अभिनेताको हत्या गर्ने षड्यन्त्र पत्ता लगाएको दाबी गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल