आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

सिनामंगलबाट लागूऔषधसहित दुई जना पक्राउ

बिहीबार, १४ चैत २०८१, १४ : ५९
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । काठमाडौँको सिनामंगलबाट सशस्त्र प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । करिब ७ किलोग्राम लाागूऔषध पोल्यान्डसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा खोटाङको लामिडाँडा–७ घर भएर गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ घर भएर सिनामंगल बस्ने ४५ वर्षिया लक्ष्मी परियार छन् । सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई कानुनी कारबाहीका लागि सशस्त्रले स्थानीय प्रहरीलाई जिमा लगाएको छ । 

यसअघि सशस्त्रले फागुन १ मा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ मा कोटेश्वरबाट पाँच किलोग्राम दरको लागूऔषधसहित तीन जना युवकलाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप