आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

भोलि भृकुटीमण्डपमा हुने समाजवादी मोर्चाको विरोधसभामा कुन दलले कहाँबाट जुलुस निकाल्दैछन् ?

बिहीबार, १४ चैत २०८१, १४ : ५३
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । भोलि(शुक्रबार) काठमाडौँको भृकुटीमण्डपमा हुने चार दलीय समाजवादी मोर्चाले निकाल्ने जुलुसको रुट तय भएको छ । बिहान ११ बजे जम्मा हुने रुटहरूमा नेकपा माओवादी केन्द्रले पूर्वमा बबरमहल, दक्षिणमा कुपन्डोल, पश्चिममा त्रिपुरेश्वर र उत्तरपश्चिममा सोह्रखुट्टेमा जम्मा भएर शान्तिबाटिका आउने तय गरिएको छ । 

यस्तै नेकपा एकीकृत समाजवादीले मैतीदेवी, डिल्लीबजार चोक हुँदै शान्तिबाटिका आउनेछन् । विप्लव नेतृत्वको नेकपाले सुनधारा जम्मा भएर शान्तिबाटिका आउनेछन् भने महिन्द्र राय यादव नेतृत्वको नेसपाले न्यूरोड गेटमा जम्मा भएर शान्तिबाटिका आउने मोर्चाका नेताहरूले बताएका छन् । 

यी सबै जुलुस शान्तिबाटिकामा मिसिएर भृकुटीमण्डपतर्फ अगाडि बढ्नेछ । बुधवार बसेको मोर्चाको बैठकले जुलुस निकाल्ने ठाउँ, नारा र समय निश्चित गरेको थियो । सभा दिउँसो १ बजेबाट सुरु हुने प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् । 

कुन दलले कहाँ नेतृत्व गर्दैछ ?

julus

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप