गभर्नर छनोट प्रक्रिया चलिरहेको बेला विश्व पौडेल भन्छन्, ‘मान्छे अयोग्य कोही हुँदैन’

काठमाडौं । गभर्नर छनोटका लागि सिफारिस समितिका सदस्य हुन् डा. विश्व पौडेल । सरकारले सोमबार सिफारिस समिति गठन गरेसँगै गभर्नर छनोटको औपचारिक प्रक्रिया सुरु भएको छ ।
उता गभर्नरका आकांक्षीहरु नयाँ गभर्नर नियुक्तिको लागि दौडधुप बढाइरहेका छन् ।
अहिले बजारमा राष्ट्र बैंकको गभर्नर को बन्छ भन्ने चर्चा र आँकलनबीच पौडेलले अर्थपूर्ण स्टाटस पोष्ट गरेका छन् । उनले लेखेका छन्, ‘अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः’ अथवा मान्छे अयोग्य कोही हुँदैन । तर, कसलाई के काम लगाउँदा उपयुक्त हुन्छ भनेर बुझेर लगाउन सक्ने मान्छे भने संसारमा एकदमै कम हुन्छन् ।'
गभर्नर बन्नकै लागि नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंंगानाले राजीनामा गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि यसकै लागि राजीनामा गरिसकेका छन् । डेपुटी गभर्नरद्वयदेखि दर्जनौं व्यक्तिहरू गभर्नरको रेसमा रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति
-
राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री पौडेल
-
तीनकुने घटनामा ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई
-
राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक
-
उद्योगमा लोडसेडिङ अन्त्य भएको भन्दै नेपाल धागो उत्पादक संघ हर्षित