आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु अनुचित: विश्वप्रकाश

बिहीबार, १४ चैत २०८१, १३ : ५९
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु उचित नभएको बताएका छन् । 

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको विषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताएका हुन् । 

सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उनले बताए । यद्यपि शर्माले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको बताए । 

शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको जिकिर गरे । 

उनले केही महिना मात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको धारणा राखे ।  विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समेत जटिलता उत्पन्न भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप