श्रीमतीलाई कुटेको आरोपमा म्यानचेस्टर सिटीका पूर्वखेलाडीलाई जेल सजाय

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका पूर्वखेलाडी जोय बार्टोन श्रीमतीलाई कुटपिट गरेको आरोपमा दोषी देखिएका छन् । अदालतले उनलाई दोषी ठहर गर्दै १२ साताको काराबास सजाय सुनाएको छ ।
आफ्नो समयका प्रभावशाली मिडफिल्डर ४२ वर्षीय बार्टोनमाथि श्रीमीतलाई शारीरिक र मानसिक यातना दिएको आरोप लागेको थियो । सन् २०२१ को जुनमा उनकी पत्नीले आफूलाई भुइँमा लडाएर लात्तले टाउको र अनुहारमा हिर्काएको भन्दै बार्टोनविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् ।
पछिल्लो समय बार्टोन प्रशिक्षण कार्यमा सक्रिय थिए । न्यायालयले उनलाई दुई वर्षका लागि निलम्बन गर्ने निर्णय पनि गरेको छ । बार्टोनले म्यानचेस्टर सिटीका अतिरिक्त न्युक्यासल युनाइटेड, बर्नली, रेन्जर्स लगायतका क्लबबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।
उनले इङ्ल्यान्ड यू–२१ र सिनियर राष्ट्रिय टोलीबाट पनि केही खेल खेलेका थिए । काराबासको सजाय सुनाइएपछि बार्टोनले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । उनले न्यायालयको निर्णयविरुद्ध पुनरावेदन गर्ने पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वागत नेपाल हाजिरी जमानीमा रिहा
-
स्वागत नेपाल रिहा
-
राजेन्द्रलाई समर्थन गर्दै कमल थापाले भने– राजावादी यहाँ छ, सके जेल हाल
-
८ महिनामा न्यायाधीशहरूविरुद्ध एक सय बढी उजुरी, फर्छ्योट शून्य
-
गभर्नर अधिकारी भन्छन्- ‘पाँच वर्षे कार्यकाल चुनौती पूर्ण रह्यो’
-
हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुन नसक्ने