आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

बराल ग्रुपले ल्यायो 'वाडा अटो सो'का लागि आकर्षक अफर

बिहीबार, १४ चैत २०८१, १३ : ४८
बिहीबार, १४ चैत २०८१

पोखरा । बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेका एलिट मोटर्स प्रा. लि. (निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रा. लि.(लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर), ले ‘वाडा अटो सो २०२५’ का लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन् ।

 नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा शुक्रबारदेखि सुरु ‘वाडा अटो सो २०२५’ मा शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ । अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको  प्रदर्शनीको रुपमा रहेको ‘वाडा अटो सो २०२५’, पोखराको अमरसिंह मैदानमा चैत १८ गतेसम्म सञ्चालन हुनेछ  ।

अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गरेको छ, जहाँ सहभागी तथा दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ लिन सक्नेछन् । प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गत ओमोडा एन्ड जेइको, निसान, र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए-सिक्स’ र ‘ए-सेभेन’मा प्रस्तुत गरिएको छ । यस्तै गरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए-टु’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गरिएको छ ।

ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव(एनिभर्सरि) लाभहरूसहित ‘वन यियर अफ इनोभेसन’ को उत्सव(ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ । सीमित अवधिका लागि, ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी रू. ५५,९९,००० को सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा रू. ५,१५,००० बराबरको लाभ समावेश हुनेछ । यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष (वा १,६०,००० किलोमिटर)को उत्कृष्ट वारेन्टी समावेश छन् । त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।

जिकरले पनि ग्राहकहरूका लागि विशेष अफरहरू ल्याएको छ जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर, र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश छन् ।

साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य रू. ३४,७५,००० सहित प्रदर्शनमा रहेको छ । यसमा रू. २६,३२० को मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ । त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर, र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

त्यसैगरी लिपमोटरले ‘वाडा मा नाडा अफर’ घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर ‘सि-टेन’ रू. ६७,९९,००० को विशेष मूल्यमा बुक गर्न सकिनेछ । वाडा विशेष अफरहरूमा २०% डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन् भने अटो सोमा स्टल नम्बर ‘ए-टु’ भ्रमण गर्ने ग्राहकहरूले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरूपनि प्राप्त गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप