अदालत
कुलमानको रिट दर्ता, शुक्रबार पेसी
बिहीबार, १४ चैत २०८१, १३ : ४१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।
घिसिङले गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै बुधवार रिट निवेदन पेस गरेका दिएका थिए । उक्त रिट आज मात्रै दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
शुक्रवार उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टरमा क–कसको पर्यो उम्मेदवारी (सूचीसहित)
-
सरकारको दबाब थेग्न नसकेर त्रिविबाट राजीनामा
-
एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर
-
स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प
-
गणतन्त्रमाथि आक्रमण हुन थाल्यो, पत्रकारले संरक्षण गर्नुपर्छ– ऊर्जामन्त्री खड्का
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह