अपडेट
काभ्रे जिसस प्रमुखको मुद्दामा मिलापत्र, धुलिखेल पठाइयो
बिहीबार, १४ चैत २०८१, २२ : ४०

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलान्चोकका प्रमुख दीपक कुमार गौतम विरुद्ध काठमाडौँमा परेको जाहेरीमा मिलापत्र भएको छ ।
७ लाखको बैङ्किङ कसुर मुद्दा मिलापत्रमा टुङ्गिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीको रेकर्डमा देखिएको अन्य बैंकिङ कसुरको विवाद पनि मिलापत्रमा टुङ्गिएको छ ।
बुधवार उनी काठमाडौँको बानेश्वरबाट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा पनि जाहेरी दर्ता भएको भेटिएपछि उनलाई धुलिखेल पठाइएको छ ।
काभ्रे प्रहरीले उनलाई उपस्थित गराइदिन पत्राचार गरेको काठमाडौँ परिसरका एक जना अधिकृतले बताए । उनले भने, ‘यहाँको मुद्दा टुङ्गिएसँगै उहाँलाई काभ्रेपलान्चोक प्रहरीको जिम्मा लगाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक सोमबार बस्नेगरी स्थगित
-
धवल र रविन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा
-
मिचेल स्टार्कले ५ विकेट लिएपछि सस्तैमा समेटियो हैदरावाद
-
रवीन्द्र मिश्र र धवलशम्शेर राणा लगायतलाई जिल्ला अदालत लगियो
-
सर्वदलीय बैठक : गणतन्त्रवादीलाई ‘नवीन समझदारी’को खाँचो
-
रवीन्द्र मिश्र र धवलशम्शेर लगायतलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगियो