शिक्षा समितिका सभापति थापामाथि जब शिक्षकहरू झम्टिन पुगे...

काठमाडौँ । संसद्का शिक्षा समिति सभापति अम्मरबहादुर थापामाथि शिक्षकहरू आक्रोशित बनेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) ले आयोजना गरेको विद्यालय शिक्षा विधेयक छलफल कार्यक्रममा सभापति थापामाथि शिक्षकहरू आक्रोशित बनेका हुन् ।
कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षकहरू आन्दोलन छाडेर पढाउनतिर लाग्नुपर्ने बताएका थिए । उनी दलका झोला बोकेर जनताले तिरेको करबाट तलब खाएर जनताविरुद्ध नै आन्दोलन गर्दै हिँड्न भन्दै शिक्षकहरूसँग आक्रोशित बनेका थिए ।
५३ वर्षसम्म आन्दोलन किन नगरेको भन्दै अहिले ऐन बन्ने प्रक्रियामा रहेको बेला आन्दोलन गर्न लागिको भन्दै उनले शिक्षकहरूलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । शिक्षकहरूले गाउँ गाउँमा मान्छेहरू उचालेर आन्दोलन गर्न प्रेरित गरिरहेको उनको भनाई थियो ।
‘शिक्षकहरू गाउँ गाउँ पुगेर मान्छे उचालेका छन् । आन्दोलन गर्न भनेका छन् । तपाईंहरूले जस्तोसुकै आन्दोलन गरे पनि कसैले सुन्नेवाला छैन । जनताले तिरेको राजश्व खाएर जनताको विरुद्धमा आन्दोलन गर्न पाइँदैन,’ उनले भने ।
ऋाधा घण्टाभन्दा बढी समय बोलेका थापाले विद्यालय शिक्षा ऐन आउन ढिलाइ हुनुमा शिक्षकहरूलाई नै दोष दिए । ‘तपाईंहरूकै कारण ऐन आउन ढिला भएको हो । जसलाई पनि संशोधन हाल्न लगाएका छन् । जसलाई पनि भेटेका छन् । विधेयक तपाईंहरूकै कारण ढिला भएको हो । सबै सांसदहरूलाई १५÷२० वटा संशोधन हाल्न लगाउनुभयो । १७५८ वटा संशोधन हालेका छन्,’ उनले भने ।
अब निजामती कर्मचारीभन्दा अब्बल र शिक्षकप्रति आकर्षित हुने खालको ऐन बनाउन लागेको उनले बताए । त्यस्तो खालको ऐन नआउँदासम्म आफूले विधेयकमा हस्ताक्षर नै नगर्ने समेत उनले बताए । तर, त्यसका लागि शिक्षकहरूलाई पार्टीका झोले भएर हिँड्ने, सङ्घ सङ्गठनमा लागेर नेतागिरी गर्ने प्रवृत्तिको अन्त्य गरिने समेत बताए ।
जनताले तिरेको राजश्वबाट तलब खाएर राज्य र जनताप्रति आन्दोलन गर्न नपाउने बताउँदै उनले त्यस्तो गरेको खण्डमा जनताले नै सचेत गराउने बताएका थिए ।
अहिलेसम्मको पढाउने शैलीले नहुने बताउँदै अब नयाँ ऐन आएपछि सबैले परीक्षा दिनुपर्ने समेत बताए । आन्तरिक तथा स्वतः स्थायी हुने प्रवृत्ति ऐनले अन्त्य गर्ने बताउँदै सबै खुला प्रतिस्पर्धाबाट मात्रै आउन पाइने व्यवस्थासहितको ऐन जारी गर्नेतिर आफ्नो ध्यान रहेको बताएका थिए ।
उनले ऐन बन्ने अन्तिम प्रकृयामा रहेको बताउँदै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । विधेयक अहिले समितिबाट उपसमितिमा गइसकेको बताउँदै उपसमितिले अबको ३० दिनभित्रमा प्रतिवेदन पेस गर्ने बताए ।
अहिलेको हिउँदे अधिवेशनमा ऐन आउन नसक्ने उनको भनाई थियो । ‘अब हिउँदे अधिवेशन धेरै दिन बस्दैन । अधिवेशन लम्बियो भने त्यसैमा पेस गरौँला । होइन भने अर्को अधिवेशनमा पेस गर्छौ,’ सभापति थापाले भने ।
सभापति थापाले आफ्नो भनाइ राखिसक्ने वित्तिक्कै शिक्षकहरू उनीमाथि जाइलाग्न थाले । नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष तथा अहिलेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली शिक्षकहरूको अपमान गरेको आक्रोशित बनिन् ।
उनी आक्रोशित बनेपछि नेपाल राष्ट्रिय शिक्षक सङ्घका अध्यक्ष भण्डारी, नेपाल शिक्षक सङ्घका अध्यक्ष सोम गिरी, एकीकृत अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष शङ्कर अधिकारी लगायतका शिक्षक नेताहरू सभापति थापामाथि जाइलागे ।
‘शिक्षकलाई जे पनि भन्ने । हाम्रो अपमान गर्ने । सार्वजनिक रूपमा जे पनि भन्न पाइन्छ ? तपाईंले बोलेका कुरा कानुन हुन्, शिक्षकहरूलाई जे पायो त्यही भन्न पाइन्छ ?,’ आक्रोशित हुँदै पराजुलीले भनिन् ।
सभापति थापासँग भिड्न नजिकै पुगेकी पराजुलीलाई प्रतिनिधिसभा सदस्य तथा शिक्षा समिति सदस्य सरिता भुसालले छुट्टाएकी थिइन् ।
नेपाल शिक्षक सङ्घका अध्यक्ष गिरीले समेत जे मन लाग्यो त्यही बोल्ने भन्दै सभापति थापासँग आक्रोशित बने । शिक्षकहरूले सभापति थापाले आफूहरूको पटक पटक अपमान गर्दै आएको भन्दै सचेत समेत गराए । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरूको आन्दोलन नरोकिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आगजनी तथा लुटपाटका घटनाप्रति चेम्बरको आपत्ति
-
स्वागत नेपाल रिहा
-
राजेन्द्रलाई समर्थन गर्दै कमल थापाले भने– राजावादी यहाँ छ, सके जेल हाल
-
८ महिनामा न्यायाधीशहरूविरुद्ध एक सय बढी उजुरी, फर्छ्योट शून्य
-
गभर्नर अधिकारी भन्छन्- ‘पाँच वर्षे कार्यकाल चुनौती पूर्ण रह्यो’
-
हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुन नसक्ने