गर्मीमा यी ५ खानेकुरा सेवन गर्नुस्, शरीरमा पानीको हुने छैन कमी

काठमाडौँ । गर्मी सुरु भइसकेको छ । तापक्रम बिस्तारै बढ्दै गइरहेको छ । आगामी केही हप्ताहरूमा गर्मीको प्रभाव देखिन थाल्नेछ । गर्मीमा तापक्रम बढी हुँदा शरीरमा पसिना आउँछ र यसले डिहाइड्रेसन निम्त्याउँछ ।
त्यसैले गर्मी मौसममा प्रशस्तै पानी पिउनु पर्छ । पानीले हाम्रो शरीरलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । पानीको कमीले शरीरको तापक्रम बिग्रन सक्छ र शरीरमा विषाक्त तत्त्वहरू जम्मा हुन सक्छन् । यसैकारण हामीले गर्मीमा आफ्नो शरीरमा उचित हाइड्रेसन कायम राख्ने प्रयास गर्नुपर्छ ।
खानाबाट हाम्रो शरीरले लगभग २० प्रतिशत पानी प्राप्त गर्छ । बाँकी ८० प्रतिशत पानी पिएरै पूर्ति गर्नु पर्छ । तपाईँले कम पानी पिउने गर्नु हुन्छ भने आफ्नो खानामा पानीको मात्रा धेरै भएका खानेकुराहरू समावेश गर्नुहोस् । गर्मीमा शरीरमा पानीको मात्रा कायम राख्न सही खानेकुरा खानु धेरै महत्त्वपूर्ण हुन्छ ।
केही तरकारी र फलफूलमा ९० प्रतिशतसम्म पानी हुन्छ । तिनीहरूलाई खाँदा शरीरको हाइड्रेसन सुधार गर्न मद्दत गर्छ । आजको यस लेखमा हामी शरीरमा पानीको कमीलाई हटाउन सक्ने यस्ता केही खानेकुराहरूबारे कुराकानी गर्नेछौँ ।
काँक्रोः
काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ । यसलाई पानीको मात्रा सबैभन्दा बढी भएको खानेकुरा मानिन्छ । यसको स्फूर्तिदायी स्वाद गर्मीमा धेरै फाइदाजनक हुन्छ । दैनिक काँक्रो खाँदा मानिसहरूलाई हाइड्रेटेड रहन मद्दत मिल्छ ।
मूलाः
मुलालाई प्रायः सलाद वा अचारको रुपमा खाइन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । मूलामा पानी त प्रशस्त हुन्छ नै यो भिटामिन सी र फाइबरको राम्रो स्रोत पनि हो । गर्मीमा मूला खानाले शरीरलाई स्वस्थ र हाइड्रेटेड राख्न मद्दत मिल्छ ।
गोलभेँडा
हरेक मौसममा खाइने गोलभेँडा गर्मीमा बढी फाइदाजनक मानिन्छ । गोलभेँडामा ९४ प्रतिशत पानी हुन्छ । यसमा लाइकोपीन नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले हाम्रो कोषहरूलाई क्षति हुनबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ ।
खरबुजाः गर्मीमा खरबुजा खानु सबैभन्दा फाइदाजनक मानिन्छ । खरबुजामा लगभग ९२ प्रतिशत पानी हुन्छ । खरबुजा पोषक तत्वहरूले भरिपूर्ण हुन्छ, जसको कारणले गर्दा यसले हाइड्रेसन त कायम राख्छ नै स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।
स्ट्रबेरीः पानीको हिसाबले स्ट्रबेरी धेरै फाइदाजनक मान्न सकिन्छ । यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । स्ट्रबेरीमा पानी, फाइबर र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गर्मीमा यो स्वास्थ्यकर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान