आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

देशका विभिन्न स्थानमा आगलागी, लाखौँको क्षति

बिहीबार, १४ चैत २०८१, १२ : ४०
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

  • पाल्पा, रामपुर नगरपालिका-९ लाम्दिखोला बारघरे बस्ने ७४ वर्षीय चुरामणि बारघरेको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • सप्तरी, सप्तकोशी नगरपालिका-५ गंगाजली बस्ने सोम प्रसाद आचार्यको गोठ र घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • धनकुटा, चौबिसे गाउँपालिका-४ बाजथला बस्ने ४९ वर्षीय राम बहादुर पाख्रिनको घर र गोठ तथा हिरेन्द्र निरौलाको घरमा बुधबार साँझ आगलागी हुँदा दुबै जनाको गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • मोरङ, लेटाङ नगरपालिका-२ खैरेनीस्थित भोलाराम श्रेष्ठको कुखुराको फर्ममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • रौतहट, परोहा नगरपालिका-५ भेडीयाही बस्ने मोहन पालको घरमा बुधबार साँझ आगलागी हुँदा करिब २ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१२ वर्गदही बस्ने पर्वत चौधरी र सागर चौधरीको घरमा बुधबार साँझ आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • सल्यान, कपुरकोट गाउँपालिका-६ सिनबाङ बस्ने धन बहादुर बोहराको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप