उत्तर कोरियाले रुसलाई सघाउन फेरि पठायो ३ हजार सिपाही
बिहीबार, १४ चैत २०८१, १२ : २२

सोल । उत्तर कोरियाले रुसलाई सघाउने कम्तीमा पनि ३ हजार सिपाही पठाएको छ । जनवरी र फेब्रुअरी महिनामा युक्रेनसँगको युद्धमा सघाउनका लागि सो सङ्ख्यामा सिपाही पठाइएको दक्षिण कोरियाले बिहीबार भनेको हो । उत्तर कोरिया र रुसले सैन्य सहकार्य गहिरो बनाउँदै गइरहेको चिन्ता बढिरहेकै समयमा यो खबर आएको हो । यो सहायताको बदलामा रुसले उत्तर कोरियालाई उन्नत सशस्त्र प्रविधि पठाउन सक्ने आकलन गरिएको छ ।
‘यसअघि नै उत्तर कोरियाले रुसतिर ११ हजार सिपाही पठाएको थियो । यीमध्ये ४ हजार सेनाको मृत्यु वा घाउचोटग्रस्त भएको अनुमान गरिएको छ । यस्तोमा जनवरी र फेब्रुअरीमा अरू ३ हजार सेना पठाइएको देखिएको छ,’ दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले भनेको छ । सेना बाहेक पनि उत्तर कोरियाले रुसतिर निरन्तर मिसाइल, गोला बारुद पठाइरहेको पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वागत नेपाल रिहा
-
राजेन्द्रलाई समर्थन गर्दै कमल थापाले भने– राजावादी यहाँ छ, सके जेल हाल
-
८ महिनामा न्यायाधीशहरूविरुद्ध एक सय बढी उजुरी, फर्छ्योट शून्य
-
गभर्नर अधिकारी भन्छन्- ‘पाँच वर्षे कार्यकाल चुनौती पूर्ण रह्यो’
-
हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुन नसक्ने
-
विपक्षी मोर्चाबाट आउट भएको राप्रपालाई सर्वदलीय बैठकमा समेत निषेध !