अग्रज नाटककार मुखिया ‘वासु शशी साहित्य सम्मान २०८१’बाट सम्मानित

काठमाडौँ । कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार २०८१’ प्रदान गरिएको छ । वासु शशी स्मृति परिषद्ले प्रसिद्ध कवि तथा नाटककार वासु शशीको ८९औँ जन्मजयन्तीको अवसर पारेर बुधबार काठमाडौँमा एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि नगद २५ हजार रहेको छ ।
कार्यक्रममा अग्रज नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान २०८१’बाट सम्मान गरियो । यो सम्मानमा पनि नगद राशि २५ हजार रहेको छ ।
त्यस्तै, अर्को कवि साहित्यकार सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार २०८१’बाट पुरस्कृत भए । यो पुरस्कारमा पनि नगद राशि २५ हजार रहेको छ । यो पुरस्कार कवि कृष्ण जोशीको स्मृतिमा स्थापना गरिएको हो । सम्मानित एवम् पुरस्कृतहरूलाई साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले पुरस्कार प्रदान गरे ।
निर्देशक खरेलले कवि शशीको कथामा आफूले नेपाली फिल्म ‘लोभीपापी’ बनाएको सम्झना गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले संस्थाले गरेका गतिविधिबारे जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवलशम्शेर लगायतलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगियो
-
प्रेस सेन्टरमा क–कसको पर्यो उम्मेदवारी (सूचीसहित)
-
सरकारको दबाब थेग्न नसकेर त्रिविबाट राजीनामा
-
भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ, ब्ल्याक लेबलदेखि लिपिस्टिकसम्म बरामद
-
एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर
-
स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प