एट्लीसँग किन क्यान्सिल भयो सलमानको फिल्म ?

नयाँ दिल्ली । यतिबेला बलिउडका भाइजान सलमान खान आफ्नो आगामी फिल्म सिकंदर रिलिजको लागि तयारीमा छन् । अभिनेता आफूभन्दा ३१ वर्ष कान्छी अभिनेत्री रश्मिका मन्डन्नासँग आफ्नो फिल्मको प्रचारमा व्यस्त छन् । यस क्रममा सलमानले आफ्नो आगामी फिल्मबारे अपडेट दिएका छन् । सलमान खान एटलीको साथमा मेगा बजेट फिल्ममा देखिने भएका थिए । तर अब उनको फिल्म स्थगित गरिएको छ ।
सन् २०२३ मा शाहरुख खानसँग जवान बनाएपछि दक्षिण भारतका चर्चित निर्देशक एटलीले चाँडै सलमानसँग एक्सन–थ्रिलर फिल्म बनाउने खबर आएको थियो । तर सलमानले आफ्ना फ्यानहरूसँग फिल्मको अपडेट साझा गर्दै अब उनको त्यो फिल्म नबन्ने बताएका छन् । आफूले एटलीसँग नयाँ फिल्ममा काम सुरु गरेको तर त्यो फिल्म बन्न नसक्ने सलमानले भनेका छन् ।
न्युज १८ शोशासँग कुरा गर्दै सलमानले भने– ‘मलाई लाग्दैन कि त्यो फिल्म बनिरहेको छ । एक बिन्दुमा हामी त्यो फिल्ममा काम गरिरहेका थियौँ । हामीले फिल्म बनाउन धेरै प्रयास गयौँ, तर त्यो हुन सकेन । फिल्म बनाउँदा के समस्या भयो मलाई थाहा छैन, तर त्यो फिल्म बन्न सकेन । मलाई लाग्छ बजेटको समस्या थियो । त्यो एउटा मेगा बजेट फिल्म थियो । अब त्यो फिल्म रोकिएको छ’ सलमान खान भन्छन् ।
एट्लीको फिल्म क्यान्सल भएपछि आफूले शेड्यूल बदल्नु परेको सलमानले बताए । शेड्यूल सबै तलमाथि भएको अभिनेताले बताए । यसका साथै सलमान खानले आफ्ना अन्य फिल्महरूको डिटेल पनि शेयर गरेका थिए । आफूभन्दा ३१ वर्ष कान्छी अभिनेत्री रश्मिका मन्डानासँग रोमान्स गरेकै कारण सामाजिक सञ्जालमा सलमान निकै ट्रोलिङमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म