दक्षिण फ्लोरिडामा गोली चल्यो, महिला र तीन बालबालिकाको मृत्यु
बिहीबार, १४ चैत २०८१, १२ : ०१

वासिङटन डीसी । अमेरिकामा अर्को भयानक गोलीकाण्ड भएको छ । दक्षिण फ्लोरिडामा बुधबार राति गोली लागेर एक महिला र तीन बालबालिकाको मृत्यु भएको छ । यस घटनामा अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
ब्रोवार्ड शेरिफको कार्यालयका अग्नि उद्धार बटालियन प्रमुख माइकल केनले साउथ फ्लोरिडा सन सेन्टिनेललाई बताएअनुसार पेम्ब्रोक पार्कमा राति ८ बजेतिर गोलीबारी भएको थियो ।
घटनामा एक जना वयस्क पुरुष र एक केटीलाई अस्पताल लगियो । अस्पताल लगिएका दुई जनाको अवस्था तत्काल स्पष्ट हुन सकेको छैन । समाचार रिपोर्टहरूका अनुसार, पेम्ब्रोक पार्क प्रहरी प्रवक्ता इभान रसले गोलीबारीलाई घरेलु घटनाको रूपमा बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने
-
वायु प्रदूषण घटेपछि खुल्यो आकाश, देखिन थाले हिमाल, तस्बिरहरू
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक