आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

अमेरिका रुससामु दरिलो भएर उभिने आशामा जेलेन्स्की

बिहीबार, १४ चैत २०८१, १२ : ०५
बिहीबार, १४ चैत २०८१

किभ ।  यतिबेला अमेरिका रुस र युक्रेनबीच शान्ति सम्झौता गराउन लागि परेको छ । अमेरिकाले रुस र युक्रेन दुवै पक्षसँग एक पछि अर्को गर्दै छुट्टै भेटवार्ता गरिरहेको छ । रुसले पनि अमेरिकासामु बेलाबेलामा आफ्ना नयाँ शर्त तेस्र्याइरहेको छ । यस्तो युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब रुसको मागको सामना गर्न अमेरिका दरिलो भएर उभिने आशा व्यक्त गरेका छन् । 

कृष्ण सागरमा युद्धविराम लगाउने हो भने आफूमाथि लगाइएको पश्चिमी प्रतिबन्धहरू हटाउनु पर्ने माग रुसले गरेको छ । जेलेन्स्कीले बुधबार पेरिसमा एक प्यानल अन्तरवार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गर्दा यस्तो बताएका हुन् । यसै क्रममा बीबीसीले जेलेन्स्कीलाई सोध्यो ‘के अमेरिकाले रुसी दबाबको प्रतिरोध गर्नेछ ?’ भनेर सोधेको थियो । 

‘मलाई आशा छ यस्तै हुनेछ । भगवानको कृपाले तिनीहरूले यस्तै गर्नेछन् । तर पनि हामी हेर्नेछौं ।’ यसको जवाफमा उनले भनेका थिए । यसअघि, रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग तीन दिन छुट्टाछुट्टै वार्ता गरेपछि कृष्ण सागरमा युद्धविराममा सहमति जनाएको अमेरिकाले मंगलबार भनेको थियो । 

तर, यसको केही घण्टा पछि रुसले एक विज्ञप्ति जारी गर्दै  कृष्ण सागरमा युद्धविराम गर्ने हो भने आफ्नो यी शर्त पालना हुनु पर्ने भन्दै सूचि निकालेको थियो । आफ्नो खाद्यान्न र मलको व्यापारमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध हटाएपछि मात्रै कृष्ण सागरमा व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्न समुद्री युद्धविराम हुन रुसले भनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप