आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन: बाबुराम भट्टराई

बिहीबार, १४ चैत २०८१, १२ : ०२
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले  देशमा राजतन्त्र आउने कुनै आधार नरहेको तर्क गरेका छन् ।  राजावादी सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने उनको भनाइ थियो । 

रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका  हुन् । भट्टराईले अहिलेको व्यवस्थामा समस्या भन्दा पनि व्यक्तिमा केही समस्या भएको हुँदा उनीहरु सच्चिनु पर्ने बताए । 

भट्टराईले संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि अहिलेको शासकीय स्वरूपले अपेक्षा अनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता रहेको बताए । 

प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने र देशमा आर्थिक विकास संस्थागत हुने उनको विश्वास थियो । 

राष्ट्रिय सहमति जुटाएर निर्वाचन प्रणाली सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रदेश मुख्यमन्त्री हुनुपर्ने, प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसद हुनुपर्ने तर्क गरे । 

भट्टराईले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिएको भए राम्रो हुने भन्दै सरकारले किन हटायो भन्ने कुरा सरकारले नै जान्ने विषय भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप