सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
बिहीबार, १४ चैत २०८१, ११ : ५८

काठमाडौँ । अवरुद्ध संसद् खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबिच छलफल भएको छ । विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग्दै बुधवारको संसद् बैठक अवरुद्ध पारेपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । संसद् भवन नयाँ बानेश्वरमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल भएको हो ।
यसैबिच सभामुखको सचिवालयले विपक्षीको माग अनुसार प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएको जनाएको छ ।
‘सभामुखले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ । अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन’, सभामुख घिमिरेको सचिवालयले भनेको छ ।
सभामुख र प्रमुख सचेतकहरूबिचको छलफलका कारण ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म