आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्रप्रति शङ्कर पोखरेलको टिप्पणी– उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्

बिहीबार, १४ चैत २०८१, ११ : ५१
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्वार्थको रोटी सेक्न पूर्वपञ्चमहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गुणगान गाएको आरोप लगाएका छन् । ज्ञानेन्द्र अधिराजकुमार रहेको बेला राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषय पूर्वपञ्चमहरूले नै सार्वजनिक गरेको बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । तर आम जनताले उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेको उनको उल्लेख गरेका छन् । 

पूर्व राजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्व पञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्व पञ्चहरूले उनको गुणगान गाउनु बेग्लै कुरा हो । तर आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्’, पोखरेलले लेखेका छन् ।

shankar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप