आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

शिक्षा समितिका सभापति थापामाथि शिक्षकहरुको आक्रोश

बिहीबार, १४ चैत २०८१, ११ : ४६
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न भनेपछि शिक्षकहरू आक्रोशित बनेका छन्। बिहीबार आयोजित सो कार्यक्रममा शिक्षकहरु आक्रोशित बनेका हुन् । 

कार्यक्रममा सभापति थापाको सो अभिव्यक्तिपछि नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली लगायत आक्रोशित भएका थिए ।  कार्यक्रममा सभापति थापाले शिक्षकहरुलाई आन्दोलन नगर्न अनुरोध गर्दै आन्दोलन गरेर पनि ऐन आउन नसक्ने बताएका थिए ।

उनले आन्दोलन स्थगित गरेर आफ्नो काममा फर्किन शिक्षकहरुलाई अनुरोध गरेका थिए। उनले शिक्षकमैत्री ऐन आउन नसकेको खण्डमा आफूले नै आन्दोलन आह्वान गर्ने समेत बताएका थिए। 

उनको सो टिप्पणी पछि शिक्षकलाई अपमान गरेको र  हेपेको भन्दै शिक्षकहरू सभापति थापामाथि जाइलागेका हुन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप