सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा (भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताएका छन् । उनले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको भन्दै वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको बताए ।
बिहीबार काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र यो पीडितहरूले पनि न्याय पाउने बताए । ‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ । पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ । कुनै छलछाम हुनेछैन’, देउवाको भनाइ छ ।
सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा देउवाको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
-
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?