आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली, प्रचण्ड र देउवा एकै कार्यक्रममा, तस्बिरहरू

बिहीबार, १४ चैत २०८१, १० : ५२
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । सत्ता र प्रतिपक्षका तीन प्रमुख नेता एकैमञ्चमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दलका प्रमुख नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार एउटै मञ्चमा जुटेका हुन् । 

राजधानीमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा तीन नेता एकैमञ्चमा उपस्थित भएका हुन् । 

सम्मेलनमा तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चैत ११ गतेमात्रै संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबिच सहमति जुटेको थियो । सोही सहमतिअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो । 

oli prachanda deuba (1)oli prachanda deuba (2)oli prachanda deuba (3)oli prachanda deuba (4)oli prachanda deuba (5)oli prachanda deuba (6)oli prachanda deuba (7)oli prachanda deuba (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप