अभ्यासका क्रममा हात भाँचिएपछि पाकिस्तानविरुद्धको शृंखलाबाट बाहिरिए टम लाथम

काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान टम लाथम पाकिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाबाट बाहिरिएका छन् । न्युजिल्यान्ड क्रिकेट बोर्डका अनुसार, हात भाँचिएकाले उनी एकदिवसीय शृंखलाबाट बाहिरिएका हुन् ।
घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । पहिलो एकदिवसीय आगामी शनिबार खेलिने छ । दोस्रो खेल अप्रिल २ तारिखमा र तेस्रो खेल अप्रिल ५ तारिखमा खेलिने छ ।
अभ्यासका क्रममा ३२ वर्षीय लाथमको हात भाँचिएको बताइएको छ । पाकिस्तानविरुद्धको उक्त शृंखलाका लागि घोषित टोलीमा लाथमलाई कप्तान बनाइएको थियो । मिचेल सान्टनर हाल इन्डियन प्रिमियर लिगमा ब्यस्त रहेकाले उनले कप्तानको जिम्मेबारी पाएका थिए ।
लाथमको अनुपस्थितिमा अब माइकल ब्रासवेलले किविज टोलीको कप्तानी गर्नेछन् । लाथम टोलीबाट बाहिरिएपछि अब विकेटकिपरको भूमिका भने मिचेल हेयले निर्वाह गर्नेछन् । पाकिस्तानविरुद्धको पहिलो एकदिवसीयपछि अर्का प्रभावशाली खेलाडी विल योङ पनि टोलीबाट बाहिरिने समाचारमा जनाइएको छ । पहिलो सन्तानको पिता बन्ने तयारीमा रहेकाले विल योङले पछिल्ला दुई खेल नखेल्ने बताइएको छ ।
पछिल्लो दुई खेलमा योङको स्थान २३ वर्षीय रेयस मारिउले लिनेछन् । यी क्षमतावान ब्याट्सम्यानले हालसम्म राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका छन् । प्रथम श्रेणीको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएकाले उनलाई टोलीमा स्थान दिइएको हो ।
यसअघि खेलिएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा न्युजिल्यान्डले पाकिस्तानलाई ४–१ ले हराएको थियो । उक्त शृंखलामा घरेलु टोली न्युजिल्यान्ड पहिलो खेलमा नौ विकेट, दोस्रो खेलमा पाँच विकेट, चौथो खेलमा एक सय १५ रन र पाँचौँ खेलमा आठ विकेटले विजयी भएको थियो । तेस्रो खेल भने पाकिस्तानले नौ विकेटले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
-
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित
-
प्रेस सेन्टरको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध
-
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन
-
पाँचपटकको च्याम्पियन चेन्नई र पहिलो संस्करणको विजेता राजस्थान आपसमा भिड्दै
-
‘स्त्री २’ अभिनेता राजकुमार रावसँग निकिता चण्डक किन ?