टिकटकको बिक्रीका लागि ट्रम्पले चीनमाथिको कर घटाउन सक्ने

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मालिक बाइटडाइन्सलाई भिडियो एप बेच्न सहयोग गर्न चीनमाथिको कर घटाउन सकिने बताएका छन् । ट्रम्पले चिनियाँबाहेकको मालिक फेला पार्नका लागि दिइएको ५ अप्रिलको समयसीमा बढाउन पनि आफू तयार रहेको ट्रम्पले बताएका हुन् ।
गत जनवरीमा उनले पूर्वराष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू हुनबाट रोकेका थिए । सन् २०२४ मा पारित गरिएको कानुनले राष्ट्रिय सुरक्षाको आधार देखाउँदै टिकटकलाई बिक्री वा प्रतिबन्ध गर्नुपर्ने बताएको थियो ।
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘बिक्री पूरा गर्नका लागि सायद म करमा केही छुट दिनसक्छु ।’ ट्रम्पले अप्रिल ५ सम्म सम्झौताको प्रारम्भिक खाकामा केही सहमति हुन सक्ने आशा पनि व्यक्त गरे ।
टिकटक अमेरिकामा निकै लोकप्रिय रहेको छ । त्यहाँ १७ करोड प्रयोगकर्ता रहेका छन् । पहिलो कार्यकालमा टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्ने ट्रम्प अहिले आफै टिकटकमा छन् । उनका १.५ करोड फलोअर्सहरू रहेका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा उनले यस एपबाट करोडौँ भ्यूज प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
-
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित