आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरपालिका वडा नं. १ मा निःशुल्क ३० दिने डिजिटल मार्केटिङ तालिम सुरु

बिहीबार, १४ चैत २०८१, १० : १७
बिहीबार, १४ चैत २०८१

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १ युवा क्लबको आयोजनामा निःशुल्क ३० दिने डिजिटल मार्केटिङ तालिमको उद्घाटन गरिएको छ। अप स्किल्स नेपालको सहकार्यमा मंगलबारदेखि सुरु गरिएको उक्त तालिमको उद्घाटन वडा नं. १ का वडा अध्यक्ष निर्मल तण्डुकारले गरे । 

डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको वर्तमान समयमा युवाहरुलाई डिजिटल मार्केटिङको ज्ञान प्रदान गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो। तालिमबाट सहभागी युवाहरूले सामाजिक सञ्जाल प्रवन्धन, अनलाइन विज्ञापन, ब्रान्ड प्रवर्द्धन, वेबसाइट एसईओ लगायत डिजिटल मार्केटिङका महत्वपूर्ण पक्षहरूबारे ज्ञान हासिल गर्नेछन्, जसले उनीहरूको स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

उद्घाटन कार्यक्रममा युवा क्लबका अध्यक्ष आरसी ढकालले युवाहरूको आवश्यकतालाई मध्यनजर गर्दै क्लबले सदैव यस्ता अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले भने, "हाम्रो क्लब युवाको सीप विकासका लागि सधैं तत्पर छ। डिजिटल मार्केटिङको ज्ञान आजको समयमा अनिवार्य भएकोले हामीले यस तालिमलाई प्राथमिकता दिएका हौं।"

e1fe3d8b-62d9-44ed-9930-660ea3451add

कार्यक्रममा स्थानीय युवा, व्यवसायी तथा डिजिटल प्रविधिप्रति चासो राख्ने व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले युवालाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिएका छन्।

तालिममा विज्ञ प्रशिक्षकहरूले डिजिटल मार्केटिङसम्बन्धी विस्तृत ज्ञान प्रदान गर्नेछन्। क्लबले आगामी दिनमा पनि युवामैत्री कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप