आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै भीमफेदी  गाउँपालिका

बिहीबार, १४ चैत २०८१, १० : ००
बिहीबार, १४ चैत २०८१

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ ।

गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए ।

अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक रु १० हजार ८२० पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी रु दुई हजार २०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उनले बताए । कोषमा श्रमिकलाई आबद्ध गराउन चालु  आवमा रु २५ लाख विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप