लायन्स एमले पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्ने, साढे ४ लाख पुरस्कार

पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमले पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रङ्गशालाको मल्टिप्रपोज हलमा लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ५ टिम फाइनल भैसकेका छन् भने एउटा टिम छलफलको चरणमा रहेको डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले जानकारी दिए । हालसम्म पाकिस्तान भलिबल क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल भएको छ । भारत र इरानको टिमसँग सल्लाह भइरहेको अर्यालले बताए ।
उनका अनुसार प्रतियोगिताका विजेताले ४ लाख ४४ हजार ४४४ पुरस्कार पाउने छन् । दोस्रो हुनेले २ लाख ४४ हजार ४४४ र तेस्रोले १ लाख ४४ हजार ४४४ पाउने आयोजकले जनाएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ ८ हजार ४४४ पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला