सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तुपको प्रेमपीडा गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक

बिहीबार, १४ चैत २०८१, ०८ : ४६
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका बहुप्रतिभाशाली सर्जक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक भएको छ । 

सेन्टिमेन्टल शैलीमा तयार कर्णप्रिय गीतमा माया–प्रेममा विछोड भोग्ने प्रेमीहरूको कथा व्यक्ति गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा सङ्गीत संयोजक रमेश सेन्चुरीले गरेका छन् । 

गीतको भिडियोमा विक्रम बुढाथोकी, रोशनी कार्की र सुधिर श्रेष्ठको अभिनय छ । रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा रामशरण उप्रेतीको छायाङ्कन र बन्दे प्रसादको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप