समाजवादी मोर्चाद्वारा बृहत् जनप्रदर्शनको तयारी, के-के छन् नारा ?

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ। वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ ।
प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद!’, ‘भ्रष्टाचारलाई कारबाही गर!’, ‘शिक्षकहरूको समस्या समाधान गर!’ जस्ता नारा प्रमुख रूपमा उठाइनेछन्। साथै, ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद!’, ‘महँगी र कालोबजारी नियन्त्रण गर!’ जस्ता नाराहरूसमेत प्रदर्शनमा गुन्जाइने मोर्चाले जनाएको छ ।
मोर्चाले सुशासन कायम गर्न, बेरोजगारी समस्या समाधान गर्न, महिलामाथिको हिंसा अन्त्य गर्न र सहकारी तथा वित्तीय क्षेत्रका समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिने बताएको छ। प्रदर्शनमा सहभागीहरू गणतन्त्रको रक्षा, भ्रष्टाचारविरुद्धको कारबाही, चर्को व्याजदर नियन्त्रण र श्रमिक वर्गका मुद्दाहरू उठान गर्नेछन्। प्रदर्शनका नाराहरु बुधबारको मोर्चाको बैठकले तय गरेको हो ।
बृहत् प्रदर्शनमा १ लाख जना समर्थकको सहभागिता रहने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्दिक पाण्ड्यालाई किन १२ लाख रुपैयाँ जरिवाना गरियो ?
-
गाजामा इजरायली हमला, बालबालिकासहित ८ जनाको मृत्यु
-
त्रिविका उपकुलपतिको राजीनामाबारे शिक्षामन्त्री अनविज्ञ
-
राष्ट्रियसभा बैठक साढे ३ बजेलाई सर्यो
-
निर्वाचन समितिको खारेजीको माग गर्दै धादिङको नीलकण्ठ क्याम्पसमा तालाबन्दी
-
राजेश हमालको गर्जनसँगै सकियो ‘नरसिंहा अवतार’को डबिङ