आन्तरिक राजस्व कार्यालय तनहुँले आठ महिनामा उठायो आठ अर्ब ३१ करोड राजस्व
बिहीबार, १४ चैत २०८१, ०७ : ०५

तनहुँ । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।
कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य हुँदैन: पौडेल
म लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे होइनः रवि लामिछाने
लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः केसी
ज्ञानेन्द्रले के योगदान गरेका छन् ? : अध्यक्ष नेपाल
संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
म्यानमारमा साताव्यापी ‘राष्ट्रिय शोक’