ट्रम्पले गरे अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत कर घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत भन्सार शुल्क घोषणा गरेका छन् । यो आयातकर घोषणाले विश्वैक व्यापार युद्ध बढ्ने खतरा बढेको बताइँदै छ ।
ट्रम्पले घोषणा गरेको नयाँ ट्यारिफ २ अप्रिलबाट लागू हुने अधिकारीहरुले जनाएका छन् । जसको अघिल्लो दिन सवारी आयात गर्ने व्यवसायीले चर्को आयातकरको सामना गर्नु पर्ने छ ।
पूर्जामा भने मे अथवा त्यसपछि मात्रै शुरु हुने बताइएको छ । राष्ट्रपति ट्रम्पले यस उपायबाट कार उद्योगका लागि उल्लेख्य वृद्धि हुने जिकिर गरेका छन् । त्यतिमात्र नभई यसले अमेरिकामा रोजगारी सिर्जनामा योगदान दिने समेत ट्रम्पले बताएका छन् ।
यद्यपि, विश्लेषकहरुले यो कदमका कारण अमेरिकामा महत्वपूर्ण कार उत्पादन अस्थायी रुपले बन्द हुने र खरिददर महँगीने बताएका छन् । त्यस आपसी सम्बन्धहरुमा समेत दरारा आउने विश्लेषण भइरहेको छ ।
अमेरिकाले अघिल्लो वर्ष लगभग आठ मिलियन कार आयात गरेको थियो । जसको व्यापार लगभग २४० बिलियन डलर अर्थात् कुल व्यापारको लगभग आधा हिस्सा थियो ।
अमेरिकामा कारको शीर्ष विदेशी आपूर्तिकर्ता मेक्सिको हो । यसपछि दक्षिण कोरिया, जापान, क्यानाडा र जर्मनी छन् । ट्रम्पको नयाँ आयातकर कदमले विश्व कार व्यापार तथा आपूर्ति श्रृंखलालाई प्रभावित पार्ने खतरा बढेको बताइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले हुलाकबाट पठाए ज्ञानेन्द्रलाई जरिवानाको पत्र
-
राकम कर्णालीमा ५० बेडको स्याटालाइट अस्पताल सञ्चालन कार्ययोजना स्वीकृत
-
औद्योगिक करिडोरमा हटेकै हो त लोडसेडिङ ?
-
तस्बिरमा हेर्नुहोस् आगजनीबाट क्षतिग्रस्त जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र
-
रास्वपाले बोलायो केन्द्रीय समितिको विशेष बैठक
-
दुर्गा प्रसाईंले भने- ‘म भागेको छैन, काठमाडौँकै मन्दिरमा सुरक्षित भएर बसेको छु’